इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा तर्फको ताजा मतपरिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी अगाडि देखिएकी छन् । 

सुनसरी क्षेत्र नं ३ को इटहरी उपमहानगरपालिका  ६ , ७ र वडा नम्बर  ८ को १०० मत गन्दा चौधरी अगाडि देखिएकी हुन् । उनले १६७७ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले १३०२ मत प्राप्त गरेका छन् । 

सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले १०५१ म्त प्राप्त गरेका छन् । गणना भईसकेको मत संख्यामा ३२० मत बदर भएको छ ।