धरानः भोजपुरका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार सुदन किरातीले ९ सय मतले अग्रता लिएका छन् ।
निर्वाचन कार्यालय भोजपुरका अनुसार षडानन्द नगरपालिका र शाल्पासिलिछो गाउँपालिकाको कुल ९ हजार ३ सय ३८ मतगणना गर्दा किराती ९ सय ३२ मतले अग्रता लिएका छन् । किरातीले ४ हजार ४ सय ८२ मत ल्याउँदा शेरधन राईले ३ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।