धरानः सुनसरी क्षेत्र नं .१ प्रदेशसभा ‘क’मा एमाले जसपाका रमेश बस्नेतले अग्रता कायमै राखेका छन् ।
निर्वाचन क्षेत्र नं. १ को निर्वाचन कार्यालयले दिएको पछिल्लो ताजा मतपरिणाम अनुसार कुल १२ हजार १ सय ७३ मतगणना गर्दा बस्नेतले ३ हजार ७ सय २२ मत ल्याउँदै अग्रता कायमै राखेका हुन् ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उमेश थापाले ३ हजार ५ सय ६ मत प्राप्त गरेका छन् । राप्रपाका उद्दव श्रेष्ठले २ हजार ६ सय ७४ मत ल्याएका छन् । मतगणना जारी नै रहेको छ ।