इलामः इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले एमालेका सुभासचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता बढाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार खड्काले तीन हजार ७५६ मत ल्याउँदा नेम्वाङले तीन हजार ४५५ मत पाएका छन् । नेम्वाङ भन्दा खड्का ३०१ मतले अगाडि छन् । खड्कालाई गठबन्धनको साथ छ । उक्त क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो ।