धरानः सुनसरी क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश थापाले अग्रता लिएका छन् । 

सुनसरी क्षेत्र १ को निर्वाचन अधिकृतको  कार्यालयका अनुसार प्रदेश सभा ‘क’ को कुल १० हजार ३ सय ९१ मतगणना हुँदा थापाले ३ हजार ७६ मत ल्याउँदै अग्रता लिएका हुन् । 

एमाले जसपाका उम्मेदवार रमेश बस्नेतले २ हजार ९ सय ११ मत प्राप्त गरका छन भने राप्रपाका उम्मेदवार उद्दव श्रेष्ठले २ हजार ४ सय १४  मत प्राप्त गरेका छन् ।