धरानः सुनसरी क्षेत्र नं १ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले मतान्तर बढाएका छन् । 
सुनसरी क्षेत्र नं.१ को निर्वाचन कार्यालयका अनुसार कुल ७ हजार ४ सयस ३६ मतगणना हुँदा  २ सय १४ मतान्तर रहेकामा पछिल्लो कुल ८ हजार ४ सय ३६ मतगणना  हुँदा ३ सय ३० मतान्तरले अग्रता लिएका हुन् । 
कुल ८ हजार ४ सय ३६ मतगणना हुँदा मेन्याङ्बाले  १ हजार ८ सय ९८ मत प्राप्त गरेका छन भने एमाले जसपाका अशोक राईले १ हजार ५ सय ६८ मत ल्याएका छन् ।  यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङ (गोमा)ले १ हजार ५ सय  मत ल्याउँदै तेस्रोमा छन् । 
स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले १ हजार २ सय २ मत प्राप्त गरी चौथोमा छन् भने राप्रपाका अशोक अविरल राई १ हजार १ सय ११ मत प्राप्त गरेका छन् ।