धरानः भोजपुरबाट प्रतिनिधिसभामा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका सुदन किरातीले शेरधन राईसँग मतान्तर बढाउँदै लगेका छन् । 

निर्वाचन कार्यालय भोजपुरका अनुसार कुल ४ हजार ७ सय ७७ मतगणना गर्दा एमालेका उम्मेदवार शेरधन राईलाई ५ सय ७० मतले पछि पार्दै किरातीले २ हजार ३ सय १७ मत प्राप्त गरेका थिए । 

एमालेका राईले १ हजार ७ सय ४७ मत प्राप्त गरेका थिए । पछिल्लो ६ हजार ३ सय ३० मतगणना गर्दा किरातीले ६ सय १४ मतान्तरले पछि पारेका छन् । किरातीले ३ हजार २२ मत प्राप्त गरेका भने राईले २ हजार ४ सयस ८ मत प्राप्त गरेका छन् ।