धरानः सुनसरी क्षेत्र नं.१ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले अग्रता कायमै राखेका छन् । एमाले जसपाका उम्मेदवार अशोक राई भने दोस्रो उक्लिएका छन् । 

सुनसरी क्षेत्र नं १  को निर्वाचनका अनुसार कुल ७ हजार ४ सयस ३६ मतगणना गर्दा मेन्याङ्बोले १ हजार ५ सय ५५ ल्याउँदै अग्रता कायम राखेका हुन् । एमाले जसपाका अशोक राईले १ हजार ३ सय ४१ मत प्राप्त गरेका  छन् । 

 राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङले १ हजार २ सय ८८ प्राप्त गरी तेस्रोमा छन् । स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले १ हजार १ सय ५४ प्राप्त गरी चौथोमा छन् भने राप्रपाका अशोक अविरल राई १ हजार ५६ मत प्राप्त गरी पाचौमा रहेका छन् ।