इटहरीः सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा तर्फको पछिल्लो ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी( घण्टी)का उम्मेदवार लालबिक्रम थापाले नै अग्रता कायम गरेका छन् ।
हालसम्म जम्मा मतगणना ४६६३ गर्दा थापा ५४६ मतले अगाडि छन् । उनले इटहरी उपमहानगर वडा नम्बर १ को पुरै र वडा नम्बर २ को आधा मत गन्दा उनले .१७२० मत प्राप्त गरेका छन् । नेकपा एमालेका भीमप्रसाद आर्चायले .११७४ मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका सीताराम मेहताले १०२७ मत पाएका छन् । सो क्षेत्रबाट राप्रपाका उम्मेदवारले ३४० मत ल्याएका छन् । मतगणना जारी छ ।