धरानः सुनसरी १ प्रदेशसभा १ मा लोकतान्त्रिब बाम गठबन्धनका उम्मेदवार उमेश थापाले अग्रता लिन सुरु गरेका छन् ।
सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ अन्तर्गत धरानको वडा नं १, २, ३ र ४ को पछिल्लो ७ हजार ५ सय १६ मतगणना गर्दा राप्रपाका उद्दव श्रेष्ठलाई पछि पार्दै थापाले अग्रता ल्याएका हुन् ।
उनले २ हजार १ सय ९५ मत प्राप्त गर्दै अग्रता ल्याएका छन् भने राप्रपाका श्रेष्ठले २ हजार १ सय ८१ मत ल्याउँदै दोस्रोमा छन् । यस्तै, एमाले जसपाका उम्मेदवार रमेश बस्नेतले १ हजार ९ सय ७९ मत प्राप्त गर्दै तेस्रोमा छन् ।