इटहरीः सुनसरीका क्षेत्र नम्बर २ र ३ दुवैमा राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवारले अग्रता लिईरहेका छन् ।  

आज विहान ११ बजेसम्म गणना भएको मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ३ मा कमलबाबु मैनाली निकटतम प्रतिद्धन्दी नेकपा एमाले र कांग्रेसका उम्मेदवार भन्दा अघि छन् भने क्षेत्र नम्बर २ को हालसम्मको नतिजा पनि घण्टी चुनाव चिन्हकै पक्षमा देखिएको छ । 

सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फको प्रत्यक्ष निर्वाचनमा इटहरी वडा नम्बर ६ को पुरै र वडा नम्बर ७ को ३ सय मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ९ सय मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ८४७ मत र गठबन्धनका उम्मेदवार विजय कुमार गच्छादारले ६३० मत ल्याएका छन् । यस्तै सुनसरी ३ मा राप्रपालाई ३२१ मत र स्वतन्त्र लौरो अभियानका उम्मेदवारलाई १३६ मत प्राप्त भएको छ । 

315947839_415787493961868_7813038200605464211_n

यता सुनसरी क्षेत्र नम्बर २ को ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधी सभा सदस्य उम्मेद्वार लालबिक्रम थापाले अग्रता लिएका छन् । 

सुनसरी क्षेत्र नम्बर २ को ४ हजार ६३ मत गणना भइसक्दा लालबिक्रमले १ हजार ४९५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार भिम आचार्यले ९८४ मत र नेपाली कांग्रेसका उम्मेदवार सिताराम मेहताले ९१६ मत पाएका छन् । सुनसरी क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवारको मत ३२१ आएको छ । मतगणना कार्य जारी छ ।