इटहरीः सुनसरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका प्रतिनिधी सभा सदस्य उम्मेदवार मुक्सहाङ्ग म्याङ्गबोले अग्रता शुरु गरेका छन् ।
नेकपा एमाले र जनता समाजवादी पार्टीबिच गठबन्धन भएपछि बागी उम्मेदवार बनेका मनोज कुमार मेन्याङ्गवो र जसपाका अशोक राई र माओवादी केन्द्रको प्रतिस्पर्धा देखिएको सुनसरी एकमा सबै उम्मेदवारलाई पछि पार्दै माओवादी केन्द्रले अग्रता शुरुवात गरेको हो ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मेन्याङ्गवोले १ हजार २२२ मत ल्याउँदा जनता समाजवादीका अशोक कुमार राईले १ हजार १२२ मत पाएका छन् भने राप्रपाका उम्मेदवारले १ हजार ४ मत ल्याएका छन् ।
यस्तै एमालेबाट टिकट नपाएपछि बागी बनेका मनोज कुमार मेन्याङ्गवोले १ हजार ९१ मत ल्याएका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्र्धीनै देखिएको छ । राष्ट्रिय स्वतनत्र पार्टीका उम्मेद्वारले १ हजार ९० मत प्राप्त गरेका छन् । मत गणना कार्य धरान स्थित सभागृहमा जारी छ ।