इलामः आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको जारी मतगणनामा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ फेरी पछाडि परेका छन् । 

संविधान निर्माण ताका राम्रो भुमिका खेलेका सुवास नेम्वाङ्ग र अर्का उम्मेदवार नेपाली कांग्रेसका डम्बर बहादुर खड्का बिचको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ । 

 ताजा मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।