इटहरीः मंसिर ४ गते  आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक तर्फको मत परिणाम अनुसार नेकपा एमाले देशभर पहिलो स्थानमा आएको छ । 

प्रदेश १ मा नेकपा एमालेले समानुपातिक तर्फ १८ हजार ६६२ मत ल्याउँदा नेपाली कांग्रेसले १५ हजार १९३ मत ल्याएको छ भने माओवादी केन्द्रले ६ हजार २७ मत पाएको छ । 

देशभरको तथ्याङ हेर्दा  मंगलबार बिहास सम्मको मतगणनाको आधारमा नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले तेस्रो स्थान कायम गरेको छ । यता नेकपा माओवादी केन्द्र चौथो स्थानमा देखिएको छ ।  

परिणाम अनुसार नेकपा एमालेले हालसम्म समानुपातिक तर्फ एमालेले ६० हजार ४४४ मत ल्याउँदा कांग्रेसले ५३ हजार १२८ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले  २७ हजार ६७ मत पाएको छ  यता चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २३ हजार ३१२ मत ल्याएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी १३ हजार ३१३ मत ल्याउँदै पाँचौ स्थानमा छ ।  

यता गत स्थानीय निर्वाचनमा २ वटा स्थानीय तह जितेको मधेशको पार्टी जनमत पार्टीले मधेशमा गतिलो स्थान बनाउँदै छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई सप्तरीमा दोव्वर मतले उछिन्दै गएका जनमत पार्टीका अध्यक्ष सिके राउतले समानुपातिकमा पनि राम्रो मत पाउँदै छन् । 

मधेशमा हालसम्मको गणनामा जनमत पार्टीले ४ हजार ५२१ मत पाउँदा जसपाले ४ हजार ४९९ मत पाएको छ । 

समानुपातिम मत परिणाम हेर्दा एमालेबाट विद्रोहगरी बनेको एकिकृत समाजवादी नवौँ स्थानमा छ । हालसम्म नेकपा एसले  २ हजार ७०९ मत पाएको छ ।