भोजपुरः भोजपुर जिल्लाको प्रदेशसभा ‘क’ तर्फको पछिल्लो ताजा मतपरिणाम अनुसार १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई अगाडि देखिएका छन् ।
राईले २६५९ मत ल्याएका छन् । एमालेका हरिबहादुर राईले १४९८ मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राई ११६१ मतले अगाडि छन् । सो क्षेत्रको मतगणना जारी नै छ ।