इटहरीः  झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमालेका उम्मेदवार अग्नी खरेरलाई  ४ हजार २९९ मतको अन्तरले  अग्रता कायम गरेका छन् ।

मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् ।  नेकपा एमालेका अग्नी खरेलले  ७ हजार ८६ मत पाएका छन् । मतगणना कार्य जारी छ ।