इटहरीः मोरङ्ग जिल्लाको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा.सुनिल शर्माले प्रतिस्पर्धी उम्मेदवारलाई दोब्वर मतले अग्रता लिएका छन् ।
३ हजार ५६१ मत गणना हुँदा सम्म डा.सुनिल शर्माले १ हजार ८९२ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भानुभक्त ढकालले ९७६ मत पाएका छन् ।
त्रिपक्षिय प्रतिस्पर्धा आंकलन गरिएको यस क्षेत्रमा राप्रपाकी उम्मेदवार नायिका रेखा थापाको ३८८ मत आएको छ भने स्वतन्त्र उम्मेदवारमा माछा चुनाव चिन्हमा ३१ मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । मोरङ्ग क्षेत्र नम्बर ३ को मत गणना बेलबारीमा भइरहेको छ ।