इटहरीः सुनसरी क्षेत्र नम्बर २ क को ताजा मत परिणाम अनुसार नेकपा माओवादीका द्धारिकलाल चौधरीले आफ्नो अग्रता लिएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा स्थित शिक्षा तालिम केन्द्रमा जारी मतगणना अनुसार गठबन्धनका तर्फबाट मोओवादी केन्द्रका उम्मेदवार द्धारिकलाल चौधरीले ९०६ मत ल्याउँदा नेकपा एमालेका रेवती रमण भण्डारीले ७७० मत पाएका छन् ।
यस्तै राप्रपाका मोहन खत्रीको ४७३ मत छ भने २ हजार ८६६ मत गणना भइसक्दा सम्म १५२ मत बद्धर भएको छ । सुनसरी २ ‘क’मा ४८ हजार ८७८ मत खसेको छ ।