इटहरीः सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का उम्मेदवार लालबिक्रम थापा अगाडि देखिएका छन् ।
सो निर्वाचन क्षेत्रको इटहरी उपमहानगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएको थियो । जम्मा खसेको ९३०५८ मत मध्ये २८६३ गणना हुँदा घण्टीका उम्मेदवार थापाले ८९४ मत प्राप्त गरी अगाडि छन् ।
कांग्रेसका सीताराम मेहताले ७०५ मत प्राप्त गरेका छन् । उनी सत्ता गठबन्धनका तर्फका उम्मेदवार हुन् । नेकपा एमालेका भीमप्रसाद आर्चायले ६२६ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । सो क्षेत्रमा २१४ मत बदर भएको छ ।