इटहरीः सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनको पछिल्लो ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का उम्मेदवार कम कमलबाबु मैनाली अग्रस्थानमा देखिएका छन् ।
उनी नेकपा एमालेकी भगवती चौधरी, सत्तागठबन्धनका विजयकुमार गच्छदारलाई पछाडि पार्दै अग्रस्थानमा देखिएका हुन् । मैनाललीले गणना भएको २६९३ बाट ८२९ मत प्राप्त गरेका छन् ।
एमालेकी भगवती चौधरी ७३४ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका बिजय गच्छदारले ५३६ मत प्राप्त गरेका छन् । इटहरी वडा नम्बर ६ बाट मतगणना थालिएको हो । सो वडामा ९१९३६ मत खसेको थियो । जसमा ११३ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।