धरानः सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ तर्फको पछिल्लो मत परिणामअनुसार राप्रपाको अग्रता कायमै रहेको छ ।
सुनसरी क्षेत्र नं १ (१) को निर्वाचन कार्यालयका अनुसार १ हजार ८ सय २७ मतगणना गर्दा राप्रपाका उद्दव श्रेष्ठले ९ सय ७१ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
गठबन्धनका साझा उम्मेदवार उमेश थापाले ५ सय १२ मत प्राप्त गरेका छन् भने एमाले जसपाका उम्मेदवार रमेश बस्नेतले १ सय ७० मत प्राप्त गरेका छन् ।