इटहरीः प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ । दोस्रोमा एमाले र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले मत प्राप्त गरेको छ । उसले माओवादी केन्द्रलाई उछिनेको हो । 

 माओवादी केन्द्र भने चौथो स्थानमा छ । सोमबार राति पौने १० बजेसम्मको मतगणनामा पहिलो स्थानमा रहेको कांग्रेसले ११ हजार ५०२ मत पाउँदा एमालेले १० हजार ८२ मत देशभर पाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ५६० मत प्राप्त गर्दा माओवादी केन्द्रले मात्र ४ हजार ४४८ मत प्राप्त गरेको छ । 

 राप्रपाले ३ हजार ७३४ मत पाउँदा नेमकिपाले १ हजार ३३ तथा अन्य दलले ४ अंकको मत ल्याउन सकेका छैनन् ।