धरानः सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा तर्फको १ हजार ८ सय २७ मत गन्दा राप्रपाका उम्मेदवारले नै अग्रता कायम राखेका छन् ।
राप्रपाका अशोक अविरल राईले ४६३ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले ४२५ मत प्राप्त गरि पछ्याईरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङले ३२५ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले २५६ भने एमाले जसपाका अशोक राईले ७० मत प्राप्त गरेका छन् ।