धरानः सुनसरी क्षेत्र नं १ मा राप्रपाले नै अग्रता लिईरहेको छ । स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले दोस्रो स्थानमा छन् ।
सुनसरी क्षेत्र नं १ को निर्वाचन कार्यालयका अनुसार १ हजार ३ सय मतगणना गर्दा राप्रपाका अशोक अविरल राईले ३ सय ३४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले ३ सय २० मत प्राप्त गरेका भने राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङले २ सय ४८ मत प्राप्त गरेका छन् ।
गठबन्धनका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले १ सय ७९ मत प्राप्त गरेका छन् भने एमाले जसपाका अशोक राईले ५६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार कुमार कार्कीले ३६ मत प्राप्त गरेका छन् ।