धरानः सुनसरी क्षेत्र नं. १ (१) मा पनि राप्रपाका उद्दव श्रेष्ठ ‘मकै’ ले अग्रता ल्याएका छन् ।
सुनसरी क्षेत्र नं. १ को निर्वाचन कार्यालयका अनुसार सुनसरी क्षेत्र १(१) प्रदेशसभाको प्रारम्भिक ३ सय मतगणना गर्दा श्रेष्ठले १ सय ६० मत ल्याई अघि रहेका छन् । यस्तै गठबन्धनका उमेश थापाले ८६ मत प्राप्त गरेका छन् भने नेकपा एमाले जसपाका रमेश बस्नतेले २७ मत प्राप्त गरेको निर्वाचन कार्यालय जनाएको छ ।