इटहरीः सुनसरी क्षेत्र नम्बर ४ को ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन् ।
सुनसरी जिल्ला सदरमुकाम स्थित भगवती माध्यामिक विद्यालयमा भइरहेको ताजा मतगणनाको परिणाम अनुसार ज्ञानेन्द्र बहादुर कार्कीले १३७ मत ल्याउँदा नेकपा एमालेका जगदिश प्रसाद कुशियतले ९५ मत ल्याएका छन् । ३ सय मत गन्दाको मतपरिणाम हो यो । कुशियत शेरधन राई १ नम्बर प्रदेशको मुख्यमन्त्री हुँदा वन , वातावरण तथा पर्यटन मन्त्री भईसकेका नेता हुन् ।