इटहरीः  मोरङ्ग क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितलाई पछि पार्दै शेखर कोइराला अघि बढेका छन् । 

विराटनगरको आदर्श माविमा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार कोइलाराले २०१ मत ल्याउँदा लालबाबु पण्डितको १६६ मत आएको छ । यता राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वार यादव कुमार प्रद्यानले ६४ राप्रपाका गोपाल क्षेत्रीले ३८ र स्तवन्त्र उम्मेदवार सरोज नेपालले ९ मत प्राप्त गरेका छन् ।