इटहरीः देशका बिभिन्न जिल्लामा मतगणनाको काम जारी रहेको बेला सुनसरी क्षेत्र नम्बर २ को मत गणना अझैसम्म अनिश्चित बनेको छ ।
इटहरी २ महेन्द्र मावि मतदान केन्द्रमा भएको प्रतिनिधीसभा र प्रदेशसभामा एउटै मतपत्रबाट मतदान भएको भन्दै मतगणना रोकिएको हो । त्यसैगरी रामधुनी १ भासी उच्च मावि मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिक तर्फ एउटै मतपत्र प्रयोग भएको भन्दै गणना सुरू हुन सकेको छैन ।
निर्वाचन अधिकृत एकराज अधिकारीले निर्वाचन आयोगमा लेखी पठाएकाले आयोगको निर्देशन र निर्णय आएपछि कसरी अगाडी बढ्ने भन्ने कुराको निर्णय लिइनेछ ।