इटहरीः नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डिलको कडा टक्कर चल्ने आंकलन गरिएको मोरङ्ग क्षेत्र नम्बर ६ को मतगणना शुरु भएको छ ।
आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो ।
सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे झण्डै आधार घण्टा ढिलो गरी मतगणना शुरु गरिएको हो ।
सवैभन्दा पहिले मोरङ क्षेत्र–६(क) वाट मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।
मोरङ क्षेत्र –६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।यसअघि सो क्षेत्रबाट एमालेका लालबाबु पण्डितले विजय प्राप्त गरेका थिए ।