धरानः  सुनसरी क्षेत्र नं १  र  ४ को मतगणना सोमबार (आज) १ बजेदेखि हुने भएको छ ।

सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृत रुद्र अर्यालका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ । उनले भने–‘सर्वदलीय बैठक बसिरहेको छ ।  एक बजेदेखि मतगणना सुर गर्ने भन्ने छ ।  मतगणना धरान ८ स्थित सभागृहको हलमा गरिनेछ । उनले मतगणना सम्पन्न गर्न १० दिन लाग्ने बताए । 

निर्वाचन क्षेत्र नम्बर ४ को इनरूवास्थित भगबती मावीमा मतगणना हुने आयोगले जनाएको छ ।