इटहरीः आइतबार भएको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । हालसम्मको ताजा मत परिणाम अनुसार नेकपा एमाले ६ स्थानमा अगाडि देखिएको छ । 

uml-logo_BTsA7bemKU 1

एमालेको तर्फबाट प्रतिनिधिसभा तर्फ ललितपुर १ मा उम्मेदवारी दिएका नवराज सिलवाल , ललितपुर २ मा एमालेकै प्रेम बहादुर महर्जन, ललितपुर–३ मा एमालेकै अमृत खड्का अगाडि देखिएका छन् । 

त्यसैगरि एमालेकै तर्फबाट प्रतिनिधिसभामा धनुषा ३ बाट उम्मेदवारी दिएकी जुलीकुमारी महतो , झापा –२ बाट उम्मेदवारी दिएका  देवराज घिमिरे र बाँके–३ बाट उम्मेदवारी दिएका किस्मत कक्षपति अगाडि देखिएका छन् । 

images (2)

हालसम्म परिणाम हेर्दा नेपाली कांग्रेले  ३ स्थानमा अग्रता लिएको छ । कांग्रेसका तर्फबाट मुस्ताङबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका  योगेश गौचन थकाली, झापा ३ बाट उम्मेदवारी दिएका  कृष्णप्रसाद सिटौला र भक्तपुर २ बाट उम्मेदवारी दिएका दुर्लभ थापा अगाडि छन् । सिटौंलाको पछि राप्रपाका राजेन्द्र लिङदेन छन् भने थापाका पछाडि एमालेका युवा नेता महेश बस्नेत छन् । 

rastriya-swatantra-party_u01oP9s2z5

त्यसैगरि छोटो समयमा पनि गतिलो पार्टी स्थापित हुने निश्चित भएको रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी २ स्थानमा अगाडि देखिएको छ । सो पार्टीका तर्फबाट कास्की २ बाट प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएका  माधवप्रसाद कँडेल र काठमाडौं ७ बाट उम्मेदवारी दिएका  गणेश पराजुली अगाडि देखिएका छन् ।