इलामः पुर्व प्रधानमन्त्री एवम नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेको छ । करिब सय मतपत्र त्यस्तो पाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
‘करिब १ सय प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि सर्वदलीय निर्णयबाट प्रतिनिधिसभाकै मान्यता दिने सहमति भएको छ ,’ दाहालले भने। निर्वाचन आयोगबाट निर्णय नआउँदा त्यहाँ मतगणनामा ढिलाइ भएको छ । ११ बजेबाट मतगणना सुरू हुने बताइएको छ ।