इटहरीः भोजपुर र ओखलढुंगाको मतगणना आज विहान १० बजेपछि मात्र सुरु हुने भएको छ । भोजपुरका सबै मतदान केन्द्रबाट मत पेटिका विहान मात्रै ल्याएकाले साढे १० बजेदेखि मतगणना सुरु हुने माओवादी केन्द्रका प्रतिनिधि सभा उम्मेदवार सदुन किरातीले बताए ।
ओखलढुंगाको मत गणना १० बजेपछि मात्रै सुरु हुने भएको छ । अधिकांश मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम आइसकेपनि लिखु गाउँपालिकाको मत पेटिका आइ नपुगेका मत गणना सुरु गर्न ढिलाई भएको हो ।
ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत टिकाराम आचार्यले आउन बाँकी मतपेटिका ९ बजेसम्म आइपुगे त्यसपछि सर्वदलीय वैठक बसेर गणना सुरु गर्न सकिने बताए ।