इटहरीः तेह्रथुमको जिल्लाको क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ का दुई जना उम्मेदवारले एक साथ मतदान गरेका छन् । 

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन् । उनिहरुले जिल्लाको आठराई गाउँपालिका स्थित सरस्वती माविबाट मतदान गरेका हुन् । 

मतदानपछि दुबै उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसालेको तस्विर बाहिर आएको छ ।