इटहरीः आइतबार हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा सुनसरी क्षेत्र नम्बर ४ को कार्यलय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय परिवर्तन भएको छ । 

सुनसरी जिल्ला सदरमुकाम इनरुवा स्थित शिक्षा तालिम केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय मतदान तथा मतगणनाको लागि इनरुवा १  स्थित भगवती माविको कार्यलयमा स्थानान्तरण गरिएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् । 

मतगणनाको लागि साँघुरो संरचना भएका कारण निर्वाचन अधिकृतको कार्यलय सारिएको बताइएको छ । अव भगवती माविको कार्यलयमा मुख्य निर्वाचन अधिकृतको कार्यलय सहित सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधी सभा र प्रदेश सभा १ र २ को मत गणना लगायतको काम हुनेछ ।