इटहरीः सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, अस्थिपञ्जर र कम्मरको भागको कङ्काल भेटिएको हो । कङ्काल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार कङ्काल नजिकै कपडा समेत भेटिएको जानकारी दिए ।
‘स्यालले शरीरको भाग खाए जस्तो देखिन्छ, हामीले कङ्काल र कपडा फरेन्सिक जाँचको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौ’ माझीले भने ‘फरेन्सिक रिपोट आउन साथ मृतकको पहिचान खुल्नेछ ।’ साथै प्रहरीले बेपत्ता भएकाहरूको हुलियाको आधारमा पनि कङ्कालको अनुसन्धान अघि बढाएको छ ।
कङ्काल युवतीको भएको स्थानीयले दाबी गरेका छन् । शवलाई धान खेतमा गाडेको र स्यालले शव बाहिर निकालेको हुन सक्ने स्थानीयको अनुमान छ ।




















