इटहरीः विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित खारजीमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको छ ।
शनिबार बिहान १०ः३० बजेतिर खारजी स्थित यातायात कार्यालय अगाडि धरान सकड खण्ड बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विराटनगरमै शनिवार विहान एउटा बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको थियो भने सेनाको बम डिस्पोजल टोलीले सो बस्तु डिस्पोज गरेको थियो ।
खारजी क्षेत्रमा अर्को शंकास्पद वस्तु रहेको खवर पाउनासाथ सुरक्षाकर्मी घटना स्थलमा गएका थिए ।
आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । शंकास्पद वस्तु कसले राखेको हो भन्ने भने अहिले सम्म खुलेको छैन ।