इटहरीः निर्वाचनको अघिल्लो दिन सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ४ मा एक जना मतदान अधिकृत मृत भेटिएका छन ।
गाउपालिकामा रहेको मतदान केन्द्रमा सुतेकै ओछ्यानमा एक जना मतदात अधिकृत शनिबार बिहान मृत भेटिएका छन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ को फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत फेला परेका हुन् । राय मतदान केन्द्रमै सुतेका प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
बिहान ४ बजेतिर उठाउन गएका कर्मचारीले उनलाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सुर्लाहीको हरिपूर्वा घर भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचा सोलुखुम्बुमै कार्यरत थिए ।