धरानः  नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गुरु बरालले नेपाल परराष्ट्र नीति अमेरिका र भारतले बनाएको बताएका छन् ।

बिहीबार धरानमा एमाले जसपाको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्दै बरालले असंलग्न परराष्ट्र नीतिमाथि अमेरिका र भारतले हस्तक्षेप गरेको दावी गरे । उनले भने, ‘अहिले अमेरिकमा र डिल्लीले परराष्ट नीति बनाउँदैछन् ।’ 

उनले फरक सन्दर्भमा भारतले मिचेको भूमि फिर्ता ल्याउने बताए । उनले भने, ‘लिम्पयाधुरा, लिपुलेक र कालापानीको जग्गा नक्सामा एकीकृत गरी नेपालमा समावेश गरेको छौ । अव भौगोलिक रुपमा त्यो भूमि प्राप्त गर्नु छ ।’  

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरिबी रेखामुनी २६ प्रतिशतबाट १७ प्रतिशतमा झारेको दावी गरे । उनले भने, ‘यसमा एमालेको २०५२ सालको आर्थिक विकेन्दीकरण नीतिले काम गरेको छ ।’ उनले अवको सरकारले सुखि नेपाल र समृद्धि नेपाल बनाउने बताए । 

315530863_2421168841363975_2954907090265004027_n

उनले जसपा, राप्रपा र एमाले एक ठाउँमा आएपछि गठबन्धन विचलित भएको बताए । उनले गठबन्धन सरकार विदेशी मालिकको पुच्छर भएको आरोप लगाए । उनले गठबन्धन सरकारले सर्वोच्च अदालतमाथि हस्तक्षेप गरेको आरोप लगाए । 

कार्यक्रममा प्राध्यापक टंक न्यौपानेले नेपालको राजनीति सर्वोच्च अदालतले गरेको आरोप लगाए । उनले उनले भने, ‘राजनीति गर्ने जनताले हो, सर्वोच्च अदालतले होइन ।’ सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले धरानको विकास गरी मतदातालाई पश्चाताप् हुन नदिने बताएका छन् । 

उम्मेदवार राईले मदन भण्डारी राजमार्ग पूरा गर्ने, धरानका वरिपरिका जिल्ला र पालिकासँग धरानलाई जोड्ने र त्यहाँका कृषि उपज र सुविधा उपभोग लेनदेन गर्ने हिसाबले निर्वाचन क्षेत्रको विकास गर्ने बताए । 

तीनकुने औद्योगिक क्षेत्र र वडा नं. ६ मा औद्योगिक ग्रामलाई सडक, बिजुली, पानीलगायतका पूर्वाधार विकास गर्ने योजना रहेको बताए । उम्मेदवार राईले निजी क्षेत्रको लगानी भित्राउने र प्रदेश सरकारलाई प्रोत्साहित गर्ने योजना सुनाए । औद्योगिक ग्राम र औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न सके चार पाँच हजार जनालाई रोजगार दिन सकिने उनले बताए ।