धरानः सानै देखि लगनशील र दयालु स्वभावका रेवती रमण राई को जन्म बिस २०२२ साल असार ६ गते भोजपुरको दिल्पा नागी खोडटाड भन्ने स्थानमा भएको हो । वुवा श्री वहादुर राई र माता दिल कुमारी राईको कोखवाट जन्म भएका राई सन्तान मध्ये साईला छोरा हुन । २०५६ सालमा सुजाता राई संग वैवाहिक जीवन विताउदै आएका राईको दुई सन्तान रहेको छ ।

आफनै गाउको सारदा प्रावि भोेजपुर डिल्पावाट प्रारम्भीक शिक्षा लिएका राईले अन्नपुर्ण माध्यमिक विधालयवाट बि।स। २०४१ सालमा एसएलसी पास गरेका थिए । गाँउ घरको दुखसास्ती पुर्ण जीवनलाई देखेर देशमा सामाजिक आर्थिक परीवर्तन हुनु पर्छ र यो कम्युनिष्ट आन्दोलन वाट मात्र सम्भव छ भन्ने लागेर राई बिस २०३५ ÷३६ सालको विधार्थी आन्दोलनमा लाग्नु भई राजनीतिक जीवनमा प्रवेश गरेका थिए ।

्पार्टीका ईमान्दार सिपाही

साँदा जीवन उच्च विचार लाई सधै आत्मासाथ गर्ने रेवती रमणले बि।स।२०४९ सालमा पार्टि सदस्यता प्राप्त गरेका थिए । पार्टिको निर्देशनलाई शिरोपरी ठान्ने रेवतीलाई पार्टिले धेरै जिम्मेवारी दिन थाल्यो । विधार्थी सगठनवाट आएको हुनाले शुरुमा पार्टिले उनलाई बि।स। २०३९ साल तिर डिल्पा नाभी ६ भोजपुरको अध्ययन मण्डलको अध्यक्ष वनाए । त्यस पछि डिल्पा अन्नपुर्ण मावि भोजपुरको अनेरास्ववियु पाचौको प्रारम्भीक कमिटिको सचिव( २०३७) भएका थिए । यसै गरी एस वाई एल पार्टी सदस्य एरीया कमिटिको सचिव .२०४० –४१ ) एसवाईएल कै एरिया कमिटी काठमाण्डौको सचिव (०४५) भए । त्रिचन्द्र कलेज क्याम्पस प्याक एरिया ग्रुप सदस्य (२०४६) सह प्रा,क,को उपाध्यक्ष सुनसरी (२०४२) हुदै अनेरास्ववियु काठमाण्डौ जिल्ला कमिटीको सदस्य (२०४७)अनेरास्ववियु धरान नगर कमिटिको उपाध्यक्ष सम्म भएर विधार्थी संगठनलाई हांकेका थिए । 

त्रिचन्द्र कलेजमा अध्ययन गर्दा उनी अनेरास्ववियु पाँचौ र नेपाल प्रगतिशील विधार्थी संघ युनियन विधार्थी फेडेरेशन एकिकरण भए पछि काठमाण्डौ जिल्ला सम्मेलन आयोजक कमिटि (२०४८)को सदस्य भएर काम गरेका थिए ।

विदेशमा पनि पार्टीको काम

नेपालमा अध्ययन सकेर केहि वर्षको लागी आर्थिक उपार्जन गर्न रेवती रमण दक्षिण कोरीया पुगेका थिए । झण्डै ६ वर्ष सम्म काम गरेर विताएको समयमा पनि उनले पार्टिको काम लाई भने जारी नै राखेको थिए । 

२०५१ देखि २०५६ साल सम्म नेकपा एमाले दक्षिण कोरिया पार्टी कमिटिका सचिव थिए । यसै गरी विदेशमा वस्ने मजदुरहरुको संगठन जिफन्ट दक्षिण कोरियाका सचिव (२०५३– ०५६) भएर काम गरे । पिपुल भोलेन्टयर्स सुनसरी जिल्ला कमिटिको सदस्य (२०५७),नेकपा एमाले मजदुर इलाका कमिटि सुनसरीको सदस्य उपसचिव (२०५७ –२०६५) भएर पनि पार्टीमा सकृय रहे । यसैगरी विदेशवाट फर्किए पछि पनि उनको राजनीतिक यात्रा निरन्तर रहयो ।

उनलाई पार्टीले २०६६ सालमा नेकपा एमाले १ नं निर्वाचन क्षेत्रीय कमिटिको सचिव वनायो । २०७६ भने नेकपा एमाले सुनसरी जिल्ला कमिटि सदस्य समेत भएका थिए । 

FB_IMG_1668648443634

यता आफनो व्यवसायिक पेशागत संगठन नेपाल सडक व्यापार श्रमिक संघको उनी सस्थापक केन्द्रिय सदस्य (२०६४)भए । पार्टीको जातिय संस्था नेपाल लोकतान्त्रिक किरांत राई संघका केन्द्रीय सदस्य पनि भए ।

यसरी पार्टी भित्र एक ईमान्दार, कर्तव्यनिष्ट कार्यकर्ता भई रहेकै वेला २०७८ सालमा आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देशको संविधानलाई समेत मास्ने हिसावले प्रतिनिधीसभा विघठन गरी आफनै दुई तिहाईको सरकार गिरायो तव देखि राईको मन साहै दुख्यो । अव उनले यस्ता संविधान विरोधीको पछि लागेर हुदैँन भनेर पार्टीकै अर्का शिर्ष नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले खोल्नु भएको नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भए ।

 पार्टीले उनलाई विगतको राम्रो छवि र कृयाशिलतालाई हेरेर धरान उपमहानगरपालिका कमिटिको अध्यक्ष पदको जिम्मेवारी दियो । शुन्यवाट शुरु भएको पार्टीलाई धरानमा विस्तार गर्ने चुनौतीलाई झेल्दै २०७८को स्थानीय निर्वाचनमा पार्टीलाई सहभागी गराए । निर्वाचनमा पार्टीलाई अपेक्षित परीणाम दिन नसकेता पनि जनमानसमा पार्टीलाई परिचित गराउन भने सफल भएका छन् ।

सानै देखि सामाजिक सेवा गर्नु भने पछि मरिमेटेर लाग्ने रेवत अहिले पनि झण्र्डै एक दर्जन सामाजिक संघ संस्थामा आवद्ध भई विभिन्न जिम्मेवारी लिएर काम गरी रहेका छन् । नेकपा एमालेमा हुँदा सचिवालयमा संगै काम गरेका कृपानाथ श्रेष्ठ भन्छन “रेवत ज्यादै मिलनसार मान्छे । पार्टीले दिएरको कामलाई कुनै मोलमोलाई नगरी फत्ते गर्ने, त्यसैले हामी साथी भाईहरु वीच निकै मायालु थिए । रेवत रमण राईले आफनो जातीय उत्थानको लागी पनि त्यतिकै मरिमेटेर लाग्ने गरेका छन् ।

हाल उनी किरात राई यायोक्खा प्राकस १८ सचिव, सुनसरी जिल्ला कार्य समितिका उप सचिव, देवीथान संरक्षण तथा व्यवस्थापन समितिका धरान १८का सचिव, उपाध्यक्ष हुँदै हाल अध्यक्ष रहेका छन । किरांत राई वान्तवा रुछेतुड केन्द्रिय अध्यक्ष रहेका छन भने किरांत राई वान्तवा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठानका केन्द्रिय महा सचिव, भोजपुर सुनसरी समाजका अध्यक्ष भई सकेका छन । 

वातावरण क्षेत्रको विकाश लागी उनले सप्तरंगी पार्क धरान १७ मा स्थापना भएको जैविक विविधता पार्कको व्यवस्थापन समितिमा पनि उपाध्यक्ष भएर सक्रियतापूर्वक खटेका थिए । नेपाल रेडक्रस सोसाईटी धोपा उपशाखा समितिको सदस्य भएर पनि समाजसेवा गर्न अहोरात्र खटिएका छन् । आफनो पहाडको गाँउका गरीव, मेधावी विधार्थीहरु पढन वाट वञ्चित नहोस भन्ने उद्धेश्यले आफ्ना स्व.मातापिता तथा वाजेको नाममा लाखौ रकमको झण्डै आधा दर्जन जति छात्रावृति अक्षय कोषहरु उनले स्थापना गरी दिएका छन ।

FB_IMG_1668648323345

धरानमा पानीको दिर्धकालिन समाधान हुने

रेवतीको यही समाजसेवा गर्ने भावना र शालिन तौरतरीका र जुझारुपनलाई मध्ये नजर गर्दै यस पटक नेकपा एकीकृत समाजवादी पार्टीले सुनसरी क्षेत्र नं १ (२)वाट प्रदेशसभा सदस्यको लागि कलम चुनाव चिन्हमा वाहक उम्मेदवार वनाएर मैदानमा पठाएको छ । “राजनीति जनताको सेवाको लागी गर्नु पर्छ नकी आफ्नो लागी । अनि वलिदानी संघर्ष गरेर व्यवस्था परिवर्तन गरी ल्याएको लोकतन्त्रलाई वचाउन पनि आजको मुख्य कर्तव्य हो् भन्ने रेवत राई लोकतन्त्र विरोधी शतिmलाई परास्त गर्दै देशको समग्र विकास र सुशासन कायम राख्न पनि आफुलाई भोट दिन मतदाता समक्ष घरघर पुगिरहेका छन । उनले धरानको खानेपानी समस्यालाई दिर्धकालिन समाधान गर्न सकिने आफुसंग अचुक सुत्र रहेको वताउछन् ।

भिजन र मिसन भए गर्ने नसकिने केही पनि छैन भन्ने विचारका रेवतले आफुलाई यस निर्वाचनमा विजय गराए पनि नगराए पनि धरान देखि भरौल, वक्लौरी जस्ता तराईका गाँउहरुसँग जोडने सडक निर्माणमा लागि पर्ने वताउछन् । यसै गरी यस क्षेत्रमा भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकाश गर्न सडक संजाललाई जोडने र आन्तरीक र वाह्य पर्यटकहरु भित्रयाउने गुरु योजना थाल्ने आफनो योजना भएको उनले वताए । ठाँउ, हावापानी अनुसारको कृषीवाली लगाउन यहाका कृषकहरुलाई प्रोत्साहन स्वरुप कृषी अनुदान, तालिम दिने व्यवस्थ ागर्ने आफनो मुल काम हुने उनि वताउछन ।

 युवाहरुलाई रोजगारको व्यवस्था मिलाई विदेश पलायन हुनवाट रोक्नुको साथै लागुपदार्थ दुव्र्यसनको दलदलवाट पनि वचाउने आफनो सपना ,योजना भएको राई वताउछन । यस क्षेत्रमा गर्नु पर्ने अन्य धेरेै योजनाहरु छन जो आफनो पार्टीको र वाम लोकतान्त्रीक गठवन्धनकोे धोषणापत्रहरुमा पनि उल्लेख छन् । यी सवैलाई एक आपसमा छलफल गर्दै काम गर्नु पर्ने कुरा मतदाताहरुलाई उनले वताउदै आएका छन ।