धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आर्थिक क्रान्तिमा लाग्ने बताएका  छन् ।

बुधबार धरान लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आम सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनताको वलिदानीदेखि धेरै राजनीतिक परिवर्तन भएपनि विकास र समृद्धि हुन नसकेको बताए । ‘गठबन्धन सरकार आर्थिक समृद्धि र विकासका बनेको हो ।’ उनले भने, ‘क्रान्ति र शान्ती गरियो, अव आर्थिक क्रान्ति गर्ने हो ।’ 

उनले धरानको विकास विशेष पहल गर्ने पनि बताए । धरानका समस्याहरुमा आफू जानकार रहेको बताउँदै उनले भने, ‘प्रधानमन्त्री भएको बेला धरान आउँदै यहाँका समस्या जानकारी पाएको छु र अव समाधान गर्न पहल गर्छु ।’ 

315746164_5625820107495424_1340818391325428517_n

प्रधानमन्त्रि हुँदा पनि धरानका समस्या समाधानमा लागेको  उनको भनाई छ । उनले धरानको जोगबनी किमाथाङ्का सडकलाई छिटो पुर्णता दिने बताउँदै भने, ‘यसले धरानको आर्थिक गतिविधिमा प्रभाव पार्छ ।’ 

उनले धरानको सुकुम्बासी समस्या समाधान गर्ने पनि आस्वास दिए । ‘गठबन्धन सरकारले सुकुम्बासी समस्या समाधान गर्न पहल गरेको छ ।’ उनले भने, ‘ अव पुनः सरकार बनेपछि धरानको सुकुम्बासी समस्या समाधान गछौँ ।’

315646108_1163610037902200_3041294286844650873_n

अध्यक्ष प्रचण्डले धरान नगर प्रमुख हर्कराज राईको खानेपानी समस्या समाधान गर्ने अभियानमा सहयोग गर्ने पनि बताएका छन् । उनले आफूले धरानको खानेपानी समस्याका विषयमा  जानकार रहेको बताए । ‘म हर्क साम्पाङलाई धन्यावद भन्न चाहन्छु । उहाँ खानेपानी समाधान गर्नका लागि नै मेयर बन्नु भएको छ । उहालाई धन्यावद छ ।’ उनले भने, ‘उहाँले मेहनत गर्दै हुनुहुन्छ । पानीको समस्या हल गर्न । उहाँले धेरै दुःख गर्नु भएको छ । हामी सबैले उहाँलाई सम्मान गर्नु पर्ने हुन्छ । हर्क जीको चाहनालाई केन्द्रबाट पनि बजेट पारेर, योजना पारेर मद्दत गर्नेछौँ ।

उनले प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) लाई धरानको विकासका लागि मन्त्री बनाउने आस्वासन पनि दिएका छन् । ‘मुकेश केही गरौँ भन्ने नेता हो, मलाई थाहा छ । उहाँलाई अत्याधिक मतले विजयी गराएर पठाउनुहोस् ।’ उनले भने, ‘धरानको समस्या समाधान गर्नका लागि आउने ५ वर्ष होइन । सुरुमै मेरो कोसिस हुन्छ उहाँलाई मन्त्री बनाएर तपाईहरूको विकासमा मद्दत गर्नेछु ।’

उनले सुनसरी क्षेत्र नं. १ (१) बाट उम्मेदवार नेपाली कांग्रेसका उमेश थापाका  विषयमा अध्यक्ष प्रचण्डले भने, ‘अनुभवि र परिचित व्यक्तित्व हुनुहुन्छ । मैले भन्न मिलेन उहाँलाई मन्त्री बनाउछु भनेर । मलाई लाग्छ उहाँ पनि मन्त्रीका लागि योग्य हुनुहुन्छ । म प्रकाश जी (प्रकाश शरण) जादाजादै बाटामा भन्नेछु ।’

315621344_5625819560828812_4974683970148049545_n

अध्यक्ष प्रचण्डले फरक सन्दर्भमा भूपु गोर्खा सैनिकहरुलाई ‘समान कामको समान ज्याला’ का लागि वार्ताबाट पहल गरिरहेको बताए । ‘वार्ता संवाद चल्दैछ । उनले भने, ‘प्रधानमन्त्रीसँग पनि गम्भिर रुपमा छलफल भइरहेको छ । व्रिटिस सरकारसँग पनि छिटो वार्ताका लागि पहल गर्छु ।’

उनले एमाले अध्यक्ष केपी ओली संविधानमाथि प्रहार गरेको बताउँदै भने, ‘संविधानले  नेपालका उत्पीडित, वर्ग समुदाय सबैलाई अधिकार दिएको छ । संविधान माथिको प्रहार उत्पीडित वग, समुदाय, क्षेत्रमाथिको प्रहार हो ।’ त्यसैले सबैको अधिकार रक्षाका लागि गठबन्धनका पक्षमा मत दिनु आवश्यक भएको उनले बताए । गठबन्धन विशिष्ट परिस्थितिमा बनेको बताउँदै उनले भने, ‘पुरानै निरन्तरता हो ।’ उनले एमाले, जसपा र राप्रपाको गठबन्धन राजवादी,सामन्ती, निरङ्कुसता तिर फर्कने चाहाने शक्तिको गठबन्धन भएको बताए ।