विराटचोकः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मङ्सिर ४ को निर्वाचन पछि देशमा आर्थिक समृद्धि र सुशासन कायम हुने बताएका छन् । बुधबार मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को चुनावी आमसभालाई सम्बोधन गर्दै आर्थिक समृद्धि र सुशासन कायम गर्न पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।
उनले यो जित संविधान मिच्ने र बचाउने दुई गठबन्धन बिच जनमत सङ्ग्रह जस्तै हुने समेत बताए । संविधान मासेर देशलाई सामन्ती, राजतन्त्र तर्फ लैजाने खेल भइरहेको बताउँदै गठबन्धनलाई जोगाएर देशलाई अघि बढाउनु पर्ने बताए ।
प्रचण्डले भने ‘एका तर्फ संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक घोषणा गर्ने गठबन्धन छ, भने अर्का तिर सामन्ती, निरुङ्श र राजतन्त्र तर्फ धकेल्ने गठबन्धन छ ।’ यस कारण गठबन्धनले नजिते प्रतिगमनको फेरी उदय हुने टिप्पणी गरे ।
उनले गठबन्धनबाट देशले आर्थिक समृद्धि तथा सुशासन कायम गर्ने समेत बताएका छन् । अबको यात्रा भनेको देशका शान्ति स्थापना गर्ने र देशलाई आर्थिक दिशामा अघि बढाउने समेत तर्क गरे ।
यो क्षेत्रमा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला छन् भने प्रदेश १ तर्फ अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य छन् । सभालाई सम्बोधन गर्दै कोइरालाको प्रशंसा गरे ।
उनले शेखर गिरिजा प्रसाद कोइरालाको दाहीने हात भएकै कारण देशमा शान्ति सम्झौता भएको बताए । त्यस्तै आचार्यलाई युवा र गतिशील युवा भएका कारण कोइरालाको पुरानो अनुभव र युवाको गतिशीलताले यो क्षेत्रमा गठबन्धनले चुनाव जित्ने समेत दाबी गरे ।