धरानः लोकतान्त्रिक वाम गठबन्धन सुनसरी १(२) प्रदेश सभा सदस्यका उम्मेदवार रेवतीरमण राईले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पुर्व मेयर तारा सुब्बा जिवित भए उहाकै उम्मेदवारी रहने कुरा बताएका छन्  । 

धरान १६ को घरदैलो कार्यक्रममा हिडिरहदा तारा सुब्बा स्मृति पार्कमा भावुक हुँदै लोकतान्त्रिक वाम गठबन्धन कलम चिन्हका उम्मेदवार रेवतीरमण राईले स्वर्गीय तारा सुब्बाको स्मृतिमा अभिनन्दन गरेर अभियानमा अघि बढेका थिए  । धरान १६ लाई स्वर्गीय तारा सुब्बाले बिकास को बाटोमा डोहोर्‍याउने काम गरेका थिए  । धरान १६ मा झोलुङ्गे पुल देखि विभिन्न बाटोहरु कालोपत्रे गर्न सुब्बाको निकै महत्त्वपूर्ण योगदान रहेको थियो । उनकै स्मृतिमा धरान १६ मा पार्क निर्माणाधीन अवस्थामा रहेको छ । 

IMG_20221114_150235

आफू जितेर गएपछी तारा सुब्बा स्मृति पार्कलाई अझ सुन्दर र व्यवस्थित गर्ने प्रतिबद्धता रेवतीरमण राईले गरे । सुनसरी १ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार माओवादीका मुक्सामहाङ्ग मेन्याङ्बो र प्रदेश सभा क तर्फ नेपाली काङ्ग्रेसका उमेश थापा रहेका छन् ।