उदयपुरः उदयपुरमा बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनसागर उर्लिएको छ ।  कटारी बजार लगायत क्षेत्रको घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनमा जनसागर उर्लिएको थियो ।

बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभाको कार्यक्रम तालिका अनुसार शनिबार कटारी नगरपालिका १ खसीबजार र कटारी बजार घरदैलो कार्यक्रम रहेकोमा उक्त कार्यक्रममा जनसागर नै उर्लिएको थियो । उक्त घरदैलो घरदैलो कार्यक्रम नाच गान गर्दै कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार  नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार प्रसार विभाग प्रमुख  जगन्नाथ खतिवडाले गठबन्धनलाई जिताए जनताको जीवनमा परिवर्तन ल्याउने बताए ।

बाम लोकतान्त्रिक गठबन्धनको चुनावी घरदैलो र्याली पश्चातको कोणसभालाई सम्बोधन गर्दै खतिवडाले स्थानीय, प्रदेश र केन्द्र सरकार गठबन्धनको हुने र जनताको जीवनमा परिवर्तन ल्याउने बताएका हुन् ।

gathbandhan_katari_ghardailo_shava-6-1536x11521668320049

गठबन्धनले प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगनाथ खतिवडा सहित कार्तिक २७, २८, २९ उदयपुरगढी गाउँपालिकाको घरदैलो कार्यक्रम रहेको छ ।

यस्तै मंसिर १ गते कटारी नगरपालिका २ मा गठबन्धनको घरदैलो कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष आले जानकारी दिए  ।

यस क्षेत्रमा ४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको छ । यहाँ ४८ हजार ७ सय ४७ पुरुष र ४४ हजार ६ सय ७४ महिला गरी जम्मा ९३ हजार ४ सय २१ मतदाता रहेका छन् ।