राजन भट्टराई
इटहरीः सत्ता गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं. २ ‘क’ का प्रदेशसभा तर्फ माओवादीका उम्मेदवार द्वारिकलाल चौधरीले ओलीलाई पत्तासाफ बनाउने बताएका छन् ।
एमालेबाट बिद्रोह गरी पार्टी परित्याग गरेर माओवादीको तर्फबाट उम्मेदवार बनेका चौधरीले शनिवार रामधुनी ५ को घरदैमा भएको एक कोणसभालाई संबोधन गर्दै ओलीलाइ पत्ता साफ बनाउने बताएका हुन् ।
जनताले बहुमत दिएर पठाएपनि आफ्नै अहङ्काले सरकार बिघठन गरेको भन्दै बालुवाटरबाट बालकोटको बार्दलीमा पुर्यायौ अब ओलीलाई बालुवाटार आउने अधिकार नरहेको चौधरीको भनाई छ ।
इटहरीको निवर्तमान मेयर समेत रहेका चौधरीले ओलीले प्रधानमन्त्री भएर समग्र देशको सर्बाग्रिंण बिकास गर्नेपर्नेमा झापामा सिमित रहेको भन्दै अब प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह समेत गरेका छन् । चौधरीले भने‘ओलीजी तपाईं आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उठ्नुस्, हामी प्रदेश र संघिय सरकारबाट बजेट पठाई दिन्छौ ।’
प्रतिपक्ष तर्फबाट एमालेका प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार रहेका भिम आचार्यले प्रदेशको राजधानी इटहरी आउन नदिएको चौधरीले आरोप लगाएका छन । तत्कालिन समयमा १ नम्बर प्रदेशमा नेकपा एमालेको बहुमतको सरकार हुँदा इटहरीलाइ प्रदेशको राजधानी तोक्ने बिषयमा तत्कालिन समयमा नेकपा एमाले प्रदेश १ को इन्चार्ज समेत रहेका आचार्य र प्रतिपक्ष तर्फबाट एमालेका सुनसरी क्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार रहेका रेवतीरमण भण्डारीले प्रदेशको राजधानी बिराटनगर राख्ने प्रस्तावलाई समर्थ नगर्ने सांसदलाई कार्वाही गर्ने धम्की दिएर प्रदेको राजधानी ईटहरी आउन नदिएको दावी गर्दै उनिहरुले सुनसरीको बिकास गर्न नसक्ने चौधरीको भनाई छ ।