धरानः लोकतान्त्रिक वाम गठबन्धनलाई विजय गराउन धरानका पुर्व मेयर तिलक राई उम्मेदवार संगै घरदैलोमा हिडेका छन् ।
धरान १८ निवासी पुर्व मेयर तिलक राई लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउन धरान ११ मा भएको घरदैलोमा सहभागी भएका थिए । आफ्नै वडाका उम्मेदवार रेवती रमण राई रहेकोले विशेष गरि सुनसरी १९२० प्रदेश सभा ख तर्फ राई लागि परेका हुन् ।
आफू समेत टिकटको आशामा बसेका पुर्व मेयर राई लोकतान्त्रिक वाम गठबन्धनको आवश्यकता र भावना बुझेर सम्पुर्ण उम्मेदवारलाई विजय गराउन लागि परेको बताए ।
घरदैलो कार्यक्रममा सम्बोधन गर्दै पुर्व मेयर राईले सुकुम्बासीहरुको समस्या समाधान गर्न आफ्नो कार्यकालमै लागत संकलन भएको र सो कार्य निरन्तरता दिदै संघ र प्रदेशबाट काम गराइ घनिपुर्जा दिन लोकतान्त्रिक वाम गठबन्धनलाई विजय गराउनुपर्ने कुरा बताए ।
सुनसरी क्षेत्र न १ को प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका मुक्सामहाङ्ग मेन्याङ्बो प्रदेश सभा क तर्फ नेपाली काङ्ग्रेसका उमेश थापा र प्रदेश सभा ख तर्फ नेकपा एकीकृत समाजवादीका रेवती रमण राई रहेका छन् ।