धरानः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूमिहीन सुकुम्बासीहरूले धनीपुर्जा पाउने बताएका छन् ।

शुक्रबार धरानमा आयोजित एमाले जसपा नेपालको संयुक्त कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भूमिहीन सुकुम्बासीहरूले आफू बसोबास गरेको जग्गा धनीपुर्जा पाउने बताए हुन् । उनले भने, ‘सेउती खोला छेउमा बसोबास गर्नेहरुको जग्गाको धनीपुर्जा छैन । पहिले खोलाहरुको तटबन्ध नभएकाले धनीपुर्जा दिंदा पनि ठिक हुँदैन थियो । अव धनीपुर्जा दिदा उपयुक्त हुुन्छ ।’

उनले फरक सन्दर्भमा धरानमा कोशीबाट पानी ल्याएर खुवाउने बताए । उनले भने, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा ? । कसको घरमा खानेपानी पु¥याउने ?’ ‘धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिन्छ ।’ उनले भने, ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस् ।’ ओलीले नगरको बजेटले कोशीबाट पानी ल्याउन आयोजना सञ्चालन गर्न नसकिने बताए । 

oli (3)

उनले स्थानीय निर्वाचनमा पनि एमालेका उम्मेदवारलाई नजिताएर गलत गरेको र अव गलत नगरी नेकपा जसपाका उम्मेदवार निर्वाचित गराएमा कोही पानी ल्याएर धरानमा खुवाउन उनको भनाई थियो । ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भएको प्रचार नगरेकाले जसपा र राप्रपासँग तालमेल गरेको बताए । 

उनले भने, ‘काङ्ग्रेस र माओवादीले एमाले एक्लै छ भने त्यसो होइन भनेर विदेशीको इशारामा नचल्ने पार्टीसँग तालमेल ग¥यौं ।’ उनले गठबन्धनबाट बाहिरिएपछि एमालेले जसपासँग सहकार्य गरेको बताए । उनले लोसपा र एस राष्ट्रिय पार्टी नबने दावी गर्दै एमालेसँगको सहकार्यले जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने दावी गरे । उनले चुनावमा कुनै पनि शक्तिले एकल प्रतिस्पर्धा गर्न आट नगरेको बताए । उनले भने, ‘पुरानो पार्टी, ठुलो पार्टी भनेर फाईफुई ,हामीसँग एक्लै चुनाव लड्न आउ भनेको सिध्याउन भनेर आएन । धेरै नबुझेपनि यत्ति बुझ्छ क्या काङ्ग्रेसले ।’