इटहरीः  धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्गले आफ्नो आगामी प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनको लागि आफ्नो उम्मेदवार नभएको स्पष्ट पारेका छन् ।  

बिभिन्न समुहले हर्क साम्पाङ्गको उम्मेदवार भन्दै भोट मागिरहेको खवर आफुले पाएको भन्दै साम्पाङ्गले आफ्नो कोही पनि उम्मेदवार नभएको स्पष्टिकरण दिएका हुन् । 

यस अघि बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साम्पाङ्गले आफ्नो गु्रपबाट स्वतन्त्र उम्मेदवार उठाएको भन्दै बजारमा चर्चा चलेको भएपनि साम्पाङ्गले उक्त भनाईमा सत्यता नभएको बताएका छन् । 

‘मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन । कसैले मेरो नाम लिएर भोट नमाग्नु होला । यसमा मेरो संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु । साम्पाङ्गको फेसबुक पेजमा भनिएको छ । ’