धरानः प्रदेश सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रेवती रमण राईलेशासक होइन सेवक भएर काम गर्ने कुरा घरदैलो कार्यक्रम मार्फत उद्घोष गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट सुनसरी लोकतान्त्रिक बाम गठबन्धनका एकमात्र साँझा उम्मेदवार रेवतीरमण राई रहेका छन् । सुनसरी क्षेत्र न १ को २(ख) तर्फबाट उम्मेदवारी दिएका रेवती रमण राई अहिले चुनाबी अभियानमा होमिएका छन् । 

नयाँ चुनाव चिन्ह कलम लिएर मैदानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भरोसामा अहिले नेकपा एकीकृत समाजवादी सुनसरीका सम्पुर्ण नेताकार्यकर्ताहरु चुनावमा होमिएका छन् । 

received_643041017451211

लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन समिति सुनसरी १ मा रहेर रेवती रमण राई जिताउने अभियानमा नेकपा एकीकृत समाजवादीको तर्फबाट केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेश मुख्यमन्त्रीका राजनितिक सल्लाहकार जीवन राईले कमान्ड गरि रहेका छन् । 

चुनाव जित्ने आधारहरु धेरै भएको र नेकपा एमालेको जनता रुष्ट हुने कार्यहरुले गर्दा एकपटक जनताको सेवा गर्ने कुरामा उम्मेदवार राई विश्वस्त छन् । घरदैलो कार्यक्रमलाई जोड दिएर होमिएका उम्मेदवार रेवती रमण राईलाइ प्रत्यक्ष मतदान गर्न अनुरोध गर्दै नेपाली काङ्ग्रेसका प्रभावशाली नेताहरुस पुर्व प्रदेश प्रमुख गोबिन्द सुब्बा, पुर्व मेयर तिलक राई सहित नेकपा माओवादीका केन्द्रिय देखि स्थानीय तहका नेताकार्यकर्ताहरु समेत लागि परेका छन् । लोकतान्त्रिक बाम गठबन्धनको सुनसरी १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ्ग मेन्याङ्बो र सुनसरी १(१) प्रदेश सभा सदस्यको उम्मेदवार नेपाली काङ्ग्रेसका उमेश थापा रहेका छन् ।