राजन भट्टराई
रामधुनीः नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिले संबिधानको रक्षा, संबिधानले परिकल्पना गरेको स्थीर सरकार दिन गठबन्धन आवश्यक रहेको भन्दै बिगतका दिनहरुमा आफुले गरेका बाचा पूरा गर्दै यस क्षेत्रको आम बिकासलाई अगाडि बडाउने बताएका छन् ।
उनले सुक्रबार(हिजो) रामधुनी क्षेत्रको घर दैलो कार्यक्रममा सहभागी हुँदा सो कुरा बताएका हुन् । सुनसरी क्षेत्र नं ४ को गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका कार्की यतिबेला दैनिक रुपमा मतदाताहरुको घरदैलोमा व्यस्त हुँदै आएका छन् ।
२०७४ को चुनावमा जनताको मन जित्दै निर्वाचित मन्त्री कार्कीले जनतामा गरेका बाचा पूरा गर्दै पुनः यसपटकको चुनाबमा होमिएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कार्कीले आफु धेरै नबोल्ने र बोलेका कुरा पूरा गर्ने बताए । उनले क्षेत्रका आम जनताको दुःख बुझेर काम गरिरहेको र आगामी दिनहरुमा जनताको शिर निउराउन नदिनेगरि काम गर्ने उनको भनाई छ । आफुले बिगतका दिनहरुमा गरेका बाचा मध्ये ८० प्रतिशत बाचा पुरा गरिसकेको र बाँकी २० प्रतिशत काम भैरहेको उनले दावी छ ।
नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष युवराज कट्वालले रामधुनी ४ बिकासमा पछि परेको भन्दै आगामी दिनहरुमा झुम्का रामधुनी सडक, शिक्षा सुधार, स्वास्थ्य र कृषिमा बिकास हुनुपर्ने मन्त्री कार्कीसंग माग राखे । मन्त्री कार्कीले आफु निर्वाचन भए पश्चात रामधुनी ४ का जनताले बिकासको अनुभूति हुने गरि काम गरेर देखाउने बताए । यता रामधुनी ४ का जनताले मंसिर ४ मा हुने निर्वाचनमा कार्कीलाई नै भोट दिएर विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन । अरुले पटक पटक चुनाव जितेर पनि केही नगरेर कार्यकर्ता पोस्ने गरेको भन्दै आगामी चुनावमा कार्कीलाइ भोट दिने मतदाताहरुको भनाई छ ।
बैठार देखि चक्रघट्टीसम्म हुँदै गरेको पक्की नाला सहित कालोपत्रे, माझी टोलमा सम्पन्न कालोपत्रे, रामपुरा जाने बाटोमा सम्पन्न कालोपत्रे, लालपुर सहरी स्वास्थ्य केन्द्रको निर्मित नयाँ भवन रामधुनी ४ मा मन्त्री कार्कीकै पहलमा अघिल्लो ५ बर्षे कार्यकालमा सम्पन्न भएका हुन् ।